१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

‘साहारा’ खोज्दै रामचन्द्र (भिडियो)


२७ फाल्गुन २०८०, आइतबार  

72
Shares

काठमाडौं । गायक रामचन्द्र चन्द, यो नाम सुन्ने वित्तिकै धेरैलाई एउटा गीतको याद आउँछ । त्यो गीत हो, चरी रुखैमा, साँच्चै साथ दिन्छौ र, सुखदुखमा ।

क्यासेटको जमानामा हिट भएको गीत अहिले पनि गाउँले जनजिब्रोमा गुञ्जिएको पाउँछौ । यस अर्थमा यो गीत सदाबहार बन्दैछ । चन्दलाई गायनमा देवी घर्ती मगरले साथ दिएकी थिइन् । गीत कमल खनालको भाकामा सुर्य न्यौपानेको लेखनमा तयार भएको थियो ।

उनै गायक चन्द पछिल्लो पटक ‘साहारा’खोज्दै लोक बजारमा छन् । यो भनेको एक लोक गीत मार्फत दर्शक स्रोताको माया खोज्दै संगीत बजारमा प्रस्तुत भएका छन् । संगीत संयोजक समेत चन्दकै रहेको यो गीतमा शब्द र भाका श्रीप्रसाद थापाको छ ।

श्री गायक, नाट्यकार र कलाकार हुन् । २०४८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गराएका उनले गाएका ‘धानको बाला साँइली’, ‘माया पैँचो नदेउ साइली’ लोकले रुचाएको लोक गीत हो । अहिले चर्चित टेलिसिरियल जुठेमा आबद्ध छन् । सञ्चारकर्मी समेत रहेका कुनै समय ‘तितो सत्य’मा ‘लाहुरेको करिम’टाइटलबाट चर्चा रहे । पछि उनले ‘लाहुरेको करिम’गीतै बनाए ।

अहिले पनि उनलाई श्रीप्रसाद थापा भन्दा पनि ‘लाहरे दाई’कै नामबाट चिन्ने गरिन्छ । उनै ‘लाहुरे दाई’को सृजनामा ‘साहारा’बोलको लोक गीत बजारमा आएको हो ।

रात चम्काउने लाखौँ तारा, घाम झुल्केसी हराउँछ

कमैले साथ दिएपछि शत्रु पनि सराउँछ

आकाशैमा जुनसँगै तारा पनि छन्

कसले के नै लग्यो खै, लैजानु नै के छर, बाँचुन्जेलको साहारा रैछ एउटा मन

यो गीतको भिडियो निर्देशन तथा सम्पादन हुम गैरेले गरेका छन् । यसु भट्टराई र खिम खरेल (विष्णु)को अभिनय रहेको भिडियोमा बसन्त महर्जनले छायांकन गरेका छन् ।

भिडियोलाई गायक रामचन्द्र चन्दको अफिसियल यूट्युवमा अपलोड गरिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ३ : ४३ बजे