१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

कहाँ गए होलान् अर्जुन लामा ?


२७ फाल्गुन २०८०, आइतबार  

266
Shares

काठमाडौँ । साँच्चै भन्ने हो भने आफ्नो सदस्य गुमाउनु भन्दा पीडा हराउनुमा हुन्छ । त्यो पीडा जो कोहीले महसुस गर्नै सक्दैन, जसलाई पर्छ उसले निकै पीडा भूत गर्दछ । यही पीडावोध अहिले मकवानपुरको इन्द्र सरोवर गाउँपालिका १ कुलेखानी, नयाँ गाउँका लामा परिवारले गरिरहेका छन् ।

काठमाडौँको जडीबुटी नरेफाँटमा बस्दै आएका ६० वर्षीय अर्जुन लामा फागुन २२ गते मङ्गलवारबाट हराएपछि अहिले परिवारका सदस्य खोजीमा भौतारिरहेका छन् । प्रहरी र मिडियालाई हारगुहार गर्नुको अलवा लामा परिवारले आफन्त लगायत सम्भावित ठाउँमा निधिखुदी गरिसके तर बाबाको अवस्था पत्ता नलागेपछि जेठो छोरा आशिष लामा मिडियामा आएका छन् ।

३ छोरा, २ छोरी र श्रीमती रहेका लामा सामान्य पारिवारिक विवादमा घर छाडेको बताइन्छ । उनै बेपत्ता बाबाको खोजी र पखाइमा परिवारका सदस्यले आँसु समेत बगाउँदै छन् । छोरो आशिषले भने, ‘बाबा घर फर्की आउनुस्, हामी तपाईकै पखाइमै छौँ ।’

गहुँगोरो वर्णका बेपत्ता लामाको उचाइ अन्दाजी ५ फिट ३ इन्च रहेको छ । निलो ज्याकेट, निलो गलबन्दी, निलो टोपी र निलै रङ्गको ट्र्याक, खैरो कलरको जुत्ता लगाएको हुलिया रहेको परिवारले जनाएको छ ।

फोटोमा देखिएको व्यक्ति तपाईँको टोल, चोक वा आसपास देखिए नजिकको प्रहरी चौकी वा छोराहरू आशिष लामा मो. नं. ९७६५९५५७३९, युवराज लामा मो. नं. ९८४३३८८५२५ र राजकुमार लामा मो. नं. ९८६१८०००२५ र बुहारी सुनिता खड्का मो. नं. ९८६५०६८३९८ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ५ : ०१ बजे