१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

सरकार र मिटरब्याज पीडित बीच चार बुँदे सहमति


२८ फाल्गुन २०८०, सोमबार  

10
Shares

सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयसँग हिजो र आज भएको वार्ता सहमतिमा टुंगिएसँगै समितिले आह्वान गरेको आन्दोलन अन्त्य भएको छ।

सहमतिको जानकारी गराउन गृहमन्त्री लामिछाने अहिले मिटरब्याज पीडित बसिरहेको स्थान (भृकुटीमण्डप) जाँदै हुनुहुन्छ।

झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट २३ दिन हिंडेर फागुन ९ गते काठमाडौं आइपुगेका मिटरब्याज पीडित निरन्तर आन्दोलनमा थिए।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ९ : १३ बजे