१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

धनियाँको पानी पिए अनेक फाइदा


२९ फाल्गुन २०८०, मंगलबार  

10
Shares

काठमाडौं । धनियाँ, हाम्रो भान्सामा तरकारी स्वादिष्ट बनाउन प्रयोग गरिन्छ । तर हामीलाई त्यसको औषधिय गुणहरु पनि छन् भन्ने कमैलाई थाहा होला । आजको यो भिडियोमा धनियाँको बहुपयोगीताको बारेमा चर्चा गर्नेछौ ।

धनियाँको दानालाई सुकाएर पिसेर मसला बनाउँदा तरकारीको स्वाद दोब्बर बनाउँछ । यसको दाना होस् या पातको प्रयोग दुवै स्वास्थ्यका लागि निकै फाइदाजनक छन् ।

धनियाँमा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, भिटामिन सी, भिटामिन के आदि जस्ता धेरै पोषक तत्वहरु पाइन्छन्। त्यसैले बिहान खाली पेटमा धनियाँको दानाको पानी पिउनु निकै फाइदाजनक मानिन्छ ।

थाइराइड रोगीका लागि धनियाँको पानी अमृतभन्दा कम छैन । यसलाई दैनिक खाली पेटमा पिउनाले थाइराइड नियन्त्रण गर्न मद्दत गर्छ ।

बिहान खाली पेटमा धनियाँको पानी पिउनाले पाचनसम्बन्धी समस्याबाट मुक्ति मिल्छ । यसले एसिडिटीको समस्याबाट जोगाउँछ, जसले गर्दा जलन, ग्यास जस्ता समस्याहरू हुँदैन ।

धनियाँको पानी पिउँदा तौल पनि नियन्त्रणमा रहन्छ । यसमा पाइने उच्च फाइबरको कारणले पेट लामो समयसम्म भरिपूर्ण रहन्छ, जसले भोक लाग्नबाट बचाउँछ र तौललाई पनि नियन्त्रणमा राख्छ ।

महिनावारीको समयमा दुखाइ र पेट दुखाइ कम गर्न धनियाँको पानी उत्तम विकल्प हो । धेरै पोषक तत्त्व र एन्टिअक्सिडेन्टले भरिपूर्ण धनियाँको पानी दैनिक पिउनाले छालाको समस्याबाट मुक्ति मिल्छ । यसले छालाको रङ्ग निखार्छ र बुढ्यौली पनि सुस्त हुन्छ ।

धनियाँको दानामा हाइपोग्लाइसेमिक गुण पाइन्छ, जसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ। दैनिक धनियाँको पानी पिउनाले मधुमेहका बिरामीलाई फाइदा हुन्छ । धनियाँको दानामा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जसले सुन्नेको कम गर्न मद्दत गर्छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ६ : ३५ बजे