१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

सोलुदुधकुण्डका २० महिलालाई सीपयुक्त बनाउन तालिम सुरु


२९ फाल्गुन २०८०, मंगलबार  

56
Shares

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाका २० जना महिलाहरूलाई आधुनिक सीपयुक्त बनाउनका लागि एक महिने तालिम सुरु गरिएको छ । 

नगरपालिकाको आयोजनामा तथा गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) र लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रीपुरेश्वर काठमाडौँको आर्थिक सहयोगमा वडा नं ८ केरुङमा एक महिने प्रविधि हातेहोजियारी एडभान्स सीप विकास तालिम मङ्गलवारबाट सुरु गरिएको हो ।

तालिमको उद्घाटन गर्दै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले तालिममा सिकेको सीप व्यवहार उतार्न सके आत्मनिर्भर बन्न सकिने बताए । सीप विकास तालिम आगामी वैशाख २९ गतेसम्म सञ्चालन हुनेछ ।

सहभागीलाई डिजिटल मेसिनबाट सिलाइ सम्बन्धी सीप सिकाइनेछ । 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : ५८ बजे