१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

महाकुलुङको खिसोरो पोखरीवा सामुदायिक वनमा डढेलो


३० फाल्गुन २०८०, बुधबार  

232
Shares

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ स्थित  खिसोरो पोखरीवा सामुदायिक वनमा डढेलो लागेको छ । मङ्गलवार देखि सुरु डढेलोले वन क्षेत्रको ५० रोपनी क्षेत्रफलमा रहेका बोटबिरुवामा क्षति पु¥याएको छ ।

डढेलो नियन्त्रणका लागि नेपाल प्रहरी र स्थानीयले कोसिस गरे पनि सुख्खा याम र हावाहुरीका कारण पूर्ण रूपमा आगो नियन्त्रणमा नआएको वडाध्यक्ष पर्खी धन राईले जानकारी दिए ।

डढेलोबाट सामुदायिक वन भित्र रहेका विभिन्न प्रजातिका बिरुवाहरू लालीगुराँस, सल्ला, उतिस, जडीबुटी मछिनो, घाँस पात र सेउला जलेर  करोडौँको क्षति भएको प्रहरी चौकी बुङले जनाएको छ ।

डढेलो नियन्त्रणमा वडाका जनप्रतिनिधि, सामुदायिक वनका उपभोक्ताहरू, नेपाली प्रहरी, मकालु राष्ट्रिय निकुञ्जका नेपाली सेनाहरू, सगरमाथा विद्यालयका विद्यार्थी र स्थानीयहरू परिचालित थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ८ : ४६ बजे