१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

सागर र शान्ताको एक हुने चाहना (भिडियो)



काठमाडौं । मौलिक सृजना र स्वरका धनि हुन्, सागर विरही । उनकै भाका सृजना, एरेन्ज र स्वरमा ‘गौरी डाँडैमा’मा शान्ता बर्देवाले महिला स्वरमा साथ दिएका छन् ।

किशान निर्दोषीको शब्दमा तयार भएको गीतमा सागर विरहीको युट्युव च्यानलमा अपलोड गरिएको छ ।

विरहीकै निर्देशनमा तयार पारिएको भिडियो छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने रोशन गाहा मगरले सम्पादन गरेका छन् ।

गीतमा निश्चल प्रेम गर्ने जोडी बिचको सामाजिक डर, भर र उत्साहलाई समाबेश गरिएको छ । गीत मौलिक जगमा तयार पारिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ३ : ५८ बजे