१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

घट्यो पेट्रोल, डिजेल र मट्टितलेको मूल्य


२ चैत्र २०८०, शुक्रबार  

6
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले इण्डियन आलय कर्पोरेशनबाट आजै प्राप्त भएको नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

यससँगै अब नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रो वर्गमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रो १५७, तेस्रो १५८ रुपैयाँ पुगेको छ ।

घटेको मूल्य आजै रातिदेखि लागू हुने निगमले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ९ : ४३ बजे