१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

ओम चावहिल डेण्टलले दियो सयौँलाई नि:शुल्क दन्त सेवा



काठमाडौँ – काठमाडौँको चाबहिल र कोटेश्वरमा सञ्चालित ओम चाबहिल डेण्टल हस्पिटलले रामेछापमा सञ्चालन गरेको बृहत् निःशुल्क दन्त शिविरमा सयौँले सेवा लिएका छन् ।

खाँणादेवी गाउँपालिका, जर्मन नेपाल सहयोग सङ्घ, विकासको लागि एकता, धुलिखेल अस्पताल र रामेछाप सामुदायिक आँखा केन्द्रको संयुक्त आयोजनामा फागुन २८ देखि चैत्र १ सम्म सञ्चालन भएको निःशुल्क दन्त तथा जनरल स्वास्थ्य शिविरमा ओम चाबहिल डेण्टल हस्पिटलले ६५० जनालाई दन्त सेवा दिएको छ ।

फागुन २८ मा खाँणादेवी ६ हाटेचौर, फागुन २९ मा खाँणादेवी ५ पकबास स्वास्थ्य चौकी, फागुन ३० मा खाँणादेवी ७ स्वास्थ्य चौकी र चैत्र १ मा खाँणादेवी ८ मन्थली चिसापानीमा शिविरको आयोजना गरिएको ओम चाबहिल डेण्टल हस्पिटलका प्रबन्धक कृष्ण घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ९ : २४ बजे