१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

ओम चावहिल डेण्टलको सामाजिक कामः एक महिनासम्म निःशुल्क दन्त परीक्षण गर्ने



ओम चावहिल डेण्टल हस्पिटलले एक महिनासम्म निशुल्क दाँत परिक्षण गर्ने भएको छ । आज मार्च २०, विश्व मुख स्वास्थ्य दिवसका अवसरमा डेण्टलले एक महिनासम्म निशुल्क दन्त परीक्षण गर्ने प्रबन्ध निर्देशक कृष्ण घिमिरेले बताएका छन् ।

प्रबन्ध निर्देशक घिमिरेले देशका विभिन्न भूभागमा पुगेर दन्त परीक्षण शिविर सञ्चालन गरिएको बताउँदै मुख स्वास्थ्यमा ओम चावहिलले अग्रपंक्तिमा रहेर काम गरिरहेको बताए । घिमिरेका अनुसार अधिकांशमा दाँत किराले खाने, गिजाबाट रगत आउने, गिजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या भएका बिरामी पाइन्छन् ।

शरीरका अन्य भागजस्तै मुख पनि कीटाणुले भरिएको हुन्छ, तथापि ती कीटाणु प्रायः हानिकारक हुन्छन् । तर मुख भनेको पाचन नलीमा प्रवेश गर्ने माध्यम भएकाले यदि त्यो स्वस्थ्य भएन भने हानिकारक कीटाणुले शरीरभर रोग निम्त्याउन सक्छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ३ : ४४ बजे