१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

थुलुङ दुधकोशीले उत्कृष्ट विद्यार्थी, शिक्षक देखी कर्मचारीसम्मलाई पुरस्कृत गर्ने


९ चैत्र २०८०, शुक्रबार  

510
Shares

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले उत्कृष्ट अंक ल्याउने विद्यार्थी, काम गर्ने शिक्षक देखी कर्मचारी समेतलाई पुरस्कार दिनेभएको छ ।गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा शुक्रवार सम्पन्न कार्यपालिका बैठकले उक्त निर्णय गरेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार माध्यमीक शिक्षा परीक्षा इस.ई.ई.मा ३.६ भदा बढी र ४ भन्दा कम जीपीए ल्याउने विद्यार्थी प्रति विद्यार्थी २५ हजार नगद र ४ जीपीए ल्याउने विद्यार्थीलाई १ लाख नगद पुरस्कार प्रदान गरिने छ । शिक्षामा गुणस्तर ल्याउने उदेश्यले गाउँपालिकाले पुरस्कार दिने व्यबस्था गरेको पालिका अध्यक्ष असिम राईले बताए । विद्यार्थीलाई पढ्नको लागि प्रेरित गर्ने उदेश्यले उक्त पुरस्कार दिने उनको भनाई छ ।

यस्तै उत्कृष्ट अध्यापन गराउने शिक्षक, प्रधानाध्यापक र काम गर्ने कर्मचारीलाई पनि पुरस्कारको व्यबस्था गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ । कक्षा १(३, १(५, १(८ र १(१२ का एकरएक जना उत्कृष्ट शिक्षक र प्रधानाध्यापक छनौट गरि पुरस्कार प्रदान गरिने बताइएको छ । प्रत्यक वडाबाट प्राप्त प्रतिवेदनको आधारमा पालिका भरिबाट तहगत शिक्षक छनौट गरि चार जनालाई पुरस्कार दिने प्रवक्ता कार्कीले जानकारी दिए ।

यस्तै उत्कष्ट काम गर्ने कर्मचारीलाई समेत पुरस्कार दिने गाउँपालिकाले जनाएको छ ।गाउँपालिका कार्यालयमा काम गर्ने र अन्य ९ वटा वडामा काम गर्ने एकरएक जना कर्मचारीलाई कार्यसम्पादन मुल्याङ्कनको आधारमा पुरस्कार प्रदान गरिने उनको भनाइ छ । कर्तव्यनिष्ठ भइ काम गर्दा पुरस्कार पाइन्छ र कम्जोरी गरेको खण्डमा कार्वाही समेत हुन्छ भन्ने मान्यता अनुरुप यस वर्षबाट पुरस्कार दिने व्यबस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

यसरी विद्यार्थी देखि कर्मचारी सम्मलाई कार्य सम्पादन मुल्याङ्कनको आधारमा पुरस्कार दिने व्यबस्था गर्ने पालिका थुलुङ पहिलो रहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ७ : ०५ बजे