१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

महाकुलुङ गाउँपालिकाले सार्वजनिक बिदाको दिनमा पनि प्रशासनिक सेवा दिँदै


१० चैत्र २०८०, शनिबार  

138
Shares

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले सार्वजनिक बिदाको दिनमा पनि प्रशासनिक सेवा प्रवाह गर्ने भएको छ ।

चालु आर्थिक वर्षको विकासे योजना र बहु वर्षे योजनाको भुक्तानी लगायतको कामको चापले गर्दा आज शनिवार र भोली होली बिदाको दिन पनि प्रशासनिक सेवा दिने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार गोले जानकारी दिए ।

बिदाको दिनमा पनि आर्थिक प्रशासन शाखा, योजना शाखा, प्राविधिक शाखा खुला रहने सेवाग्राहीलाई सूचना प्रवाह गरिएको पालिका अध्यक्ष सुर्य बहादुर राईले जानकारी दिए ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ९ : १६ बजे