१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

महाकुलुङमा प्राङगारिक प्रमाणीकरण सम्बन्धी तालिम सुरु



झलक राई, सोलुखुम्बु । महाकुलुङ गाउँपालिकामा प्राङगारिक प्रमाणीकरण सम्बन्धी ४ दिने तालिम सुरु गरिएको छ । बिहीबार सम्म चल्ने तालिममा ५ वडाका २१ जना कृषक सहभागी छन् ।

चालु आर्थिक वर्षको एक लाख बजेटमार्फत किसानहरूलाई कृषि पेसाप्रति आत्मसम्मानसहित अभिरुचि बढाउन, नेपाल कृषि विश्लेषण गर्न, प्राङगारिक कृषि उत्पादन प्रणाली र प्राङगारिक प्रमाणीकरण सम्बन्धी ज्ञान दिने कृषि  अधिकृत ओश्ना कुलुङले बताइन् ।

सभा हलमा जारी तालिमको पालिका अध्यक्ष सूर्य बहादुर कुलुङले उद्घाटन गरेका हुन् । जीवित माटो बढाउन प्राङगारिक मल बनाउने तरिका, गुणस्तर बिउ सम्बन्धी कृषकहरू ज्ञान, उत्पादनमा प्रमाणीकरणका विषयमा पनि छलफल हुने सहजकर्ता ओसिएन संस्थाका ऋषिराम अधिकारीले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ६ : २५ बजे