१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

जेरो इन्जिनियर मोटरसाइकल प्रा.लिको ३ दिने बुलेट यात्रा सम्पन्न


१३ चैत्र २०८०, मंगलबार  

28
Shares

काठमाडौँ । जेरो इन्जिनियरिङ मोटरसाइकल प्रा.लिको आयोजनामा ३ दिने  बुलेट यात्रा (च्यारिटी राइड) सम्पन्न भएको छ।

शुक्रवार काठमाडौँको सुकेधाराबाट सुरु भएको सो राईडको काठमाडौँ क्षेत्र नं.५ का सङ्घीय सांसद प्रदीप पौडेल र रोयल इन्फिल्डका निर्देशक मेघराज पौडेलले उद्घाटन गरेका थिए । 

यात्रा टिस्टुङ पालुङ, दामन हुँदै हेटौँडाको रोयल ईन्फिल्ड सो रुम भिजिट गरी बेलुकी चितवनको सौराहा होटेल सफारीमा बसेको जेरो इन्जिनियरिङ प्रा.लिका सञ्चालक विक्रम भट्टराईले जानकारी दिए ।

दोस्रो  दिन चितवनको राप्ती नगरपालिका ३ मा रहेको जनज्योति आधारभूत विद्यालयका विद्यार्थी र विद्यालयलाई  खेलकुद र शैक्षिक सामाग्री हस्तान्तरण गरी चितवन मै रहेको रोयल ईन्फिल्ड टाडीको सो रुम भिजिट गरिएको थियो । सोही दिन विभिन्न ४ वटा गेम सञ्चालन गरिएको थियो । सो गेमका विजेतालाई पुरस्कार र मायाको चिनो वितरण गरिएको जेरो इन्जिनियरका अर्का सञ्चालक जीवन थापाले जानकारी गराए।

तेस्रो दिन काठमाडौँ फर्किएको टोलीले होली खेलेर बुलेट यात्रा समापन गरिएको थियो ।  यात्रामा ALPHA, MICHELLN, Arunima Education Foundation, Pudasaini Stationary and Book Center, lions Club of Kathmandu Global Youth, रोयल इन्फिल्डका दीपेश श्रेष्ठ, सरोज श्रेष्ठ (बुलेट पासा) हेटौँडा इन्फिल्डर्स, टाडी रोयल इन्फिल्ड सो रुमले सहयोग गरेका थिए । सहयोगी व्यक्ति तथा संस्थालाई धन्यवाद ज्ञापन समेत गरिएको छ । च्यारीटी राईडमा ६५ वटा बुलेट बाइक सहभागी गराइएको थियो । 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ७ : ४४ बजे