१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

महाकुलुङमा आधारभूत वल्डिङ तालिम सुरु 


१३ चैत्र २०८०, मंगलबार  

36
Shares

सोलुखुम्बु । महाकुलुङ गाउँपालिका १ मा २० दिने आधारभूत वल्डिङ तालिम सुरु भएको छ ।

वडा नम्बर १ वडा अध्यक्ष पर्खिधन राईको अध्यक्षता र पालिका प्रमुख सूर्य बहादुर राईको आतिथ्यतामा मङ्गलवार देखि आधारभूत वेल्डिङ आधारभूत तालिम सुरु भएको हो।

वडाको चालु आर्थिक वर्षको युवा लक्षित कार्यक्रम अन्तर्गतको बजेट साढे ४ लाख रुपैयाँको लागतमा तालिम सुरु भएको हो । बजारको माग अनुसार तालिम प्रश्चात स्वदेशमै रोजगार दिलाउने उद्देश्यले तालिम आयोजना गरिरहेको वडा  पर्खिधन राईले बताए।

१२ जना सहभागी रहेको तालिमको सहजीकरण अनुप नर्कमीले गरिरहेका छन् । 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १० : ५७ बजे