१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

महाकुलुङमा सकियो १५ दिने विल्डिङ इलेक्ट्रोसियन तालिम



सोलुखुम्बु । महाकुलुङ गाउँपालिका २ मा १५ दिने विल्डिङ इलेक्ट्रोसियन तालिम सम्पन्न भएको छ ।

घरेलु तथा साना उद्योग कार्यलय सोलुखुम्बुको आयोजना र वडा नं २ कार्यलयको समन्वयमा गत चैत २९ गते देखि जारी तालिम मंगलबार समापन गरिएको हो । कार्यक्रममा पालिका प्रमुख कुलुङले सिकेको सीपले देशविदेश जहाँ गएपनि उपयोगी बन्ने विश्वास व्यक्त गरे ।

स्वेदशमै स्वरोजगारी दक्ष जनशक्ति उत्पादनमा भूमिका खेल्ने घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख नारायण प्रसाद खतिवडाले बताए । तालिमको सहजीकरण दिपेन्द्र थुलुङ राईले गरेका थिए । तालिममा वडा अध्यक्ष प्रदिप कुलुङ सहित १० जनाले सहभागीता जनाएका थिए ।

समापनमा पालिका प्रमुख सुर्य बहादुर कुलुङ र घरेलु तथा साना उद्योग कार्यलय र वडा नं २ कार्यालयको जनप्रतिनिधिको विशिष्ट आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ९ : ४२ बजे