१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

देउसामा सरफ बनाउने तालिम, उद्योग सञ्चालन गरिने


२२ चैत्र २०८०, बिहिबार  

10
Shares

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका ७ देउसाकी कुमारी राई भन्छिन्, ‘पहिले सावुन, सरफ नहुँदा खरानीमा पकाएर वा रिठ्ठाको सहयोगमा लुगाफाटा धुने चलन थियो । तर अहिले सरफ विना तपाइ हामीले लगाउने कपडा सफा हुदैन् भन्ने भास्य जस्तै निर्माण भएको छ ।’

यही यथार्थलाई ध्यानमा राखेर वडा कार्यालयको समन्वयमा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, ओखलढुंगाको आर्थिक सहयोग तथा गौरीभक्त होटल म्यानेजमेन्ट तथा टेक्नोलोजी टे«निङ प्रा.लि.को प्राविधिक सहयोगमा १२ दिन लामो सरफ बनाउने तालिम चल्यो ।

तालिम लिएका रिद्धि बहादुर केसीलाई गाउँमै सामूहिक उद्योग सञ्चालन गर्न सकिन्छ भन्ने आत्मविश्वास पलाएको छ ।
हित बहादुर कार्कीको पनि उत्साह कम छैन्, उनीमा पनि गाउँमै सरफ बनाएर माग पूर्ती गर्न सकिन्छ भन्ने सोच विकास भइसकेको छ ।

तालिमकी अर्की सहभागी मिंङमा तामाङमा अब सरफ किन्नका लागि घरको पैसा बाहिर पठाउन पर्दैन् भन्ने विश्वास जागेको छ । निर कुमार तामाङ, पेशाले ट्रेकिङ गाइड हुन्, उनलाई सीप सिक्ने चाह वर्षौअघि देखि थियो । वडामै सरफ तालिम चल्ने भएपछि ट्रेकिङको अफरलाई पाखा लगाउदै उनी तालिममा सहभागी बने ।

वडाबासीलाई सीप सिकाउने र उद्योग स्थापना गर्ने वडाको तयारी पनि गज्जब छ । जसले रोजगारी सृजना मात्र गर्दैन, गाउँको पैसा गाउँमै रोक्ने छ । वडाध्यक्ष भोजराज कार्की, सरफ उद्योग सञ्चालनका लागि वडा र पालिकाले उपयुक्त वातावरण तयार पार्ने बताउछन् ।

एक घर एक हाते सीपको कन्सेप्टलाई आत्मसाथ गरेको वडाले ढाका बुनाई, जुसजाम, पाउरोटी बनाउने लगायतका तालिम सञ्चालन गरेर उद्योगको अभ्यास गरिरहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  १० : ०४ बजे