१७ जेष्ठ २०८१, बिहिबार | Thu May 30 2024

‘हुरुक्कै’ बद्री र चन्दा (भिडियो)


२२ चैत्र २०८०, बिहिबार  

14
Shares

काठमाडौं । गायक बद्री पंगेनी र गायिका चन्दा अर्याल ‘पिरिम’भनेपछि हुरुक्कै बनेका छन् । तर रियलमा हैन्, रिलमा त्यस्तै देखिएका छन् ।

विहीबार बद्री र चन्दाको स्वरमा रेकर्ड भएको गीत ‘पिरिम लगाम कान्छी’सार्वजनिक गरिएको छ ।

श्रीकृष्ण बम मल्लको सृजनामा तयार भएको गीतलाई बद्री पंगेनीको युट्युवमार्फत सार्वजनिक गरिएको छ । श्रीकृष्णको यसअघि ‘डाँडाघरे साँइली’हिट बनेको थियो ।

बद्री र चन्दाको यो सहकार्य दोस्रो हो । उनीहरुले यसअघि ‘मायाले झुक्यायो’मा सहकार्य गरेका थिए ।

‘पिरिम लगाम कान्छी’को भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका छन् । भिडियोमा नायक पल शाहका अलवा उषा उप्रेती र समिया कार्कीको फिचर्स छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  १० : २७ बजे