१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

थुलुङ दुधकोशीको लोगो अङ्कित ब्यानर सगरमाथामा फहराइने


२३ चैत्र २०८०, शुक्रबार  

58
Shares

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको लोगो अङ्कित ब्यानर सगरमाथामा फहराइने भएको छ । 

छैठौँ पटक सगरमाथा आरोहण गर्न लागेका कितापसिं तामाङले गाउँपालिकाको लोगो अङ्कित ब्यानर सगरमाथामा फहराउन लागेका हुन् । तामाङ थुलुङ दुधकोशी ७ देउसाबासी हुन् । 

उनलाई थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असीम राईले पालिकाको लोगो अङ्कित ब्यानर हस्तान्तरण गर्दै आरोहण सफलताको शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ८ : ५० बजे