१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

रंग पत्रकार हरि दुलाललाई ‘संगीत पत्रकारिता पुरस्कार’


२३ चैत्र २०८०, शुक्रबार  

12
Shares

काठमाडौं । रंग पत्रकार हरि दुलाल संगीत पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) वितरण समारोहमा दुलाल नगद ५ हजार ५५५ राशीको पुरस्कारबाट सम्मानित भएका हुन् । दुलाल पत्रकारितामा दुई दशकदेखि सक्रिय छन् । विभिन्न ४२ विधामा प्रदान गरिएको अवार्ड कार्यक्रम बिहिबार ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको थियो ।

समारोहमा यो वर्षको रजत संगीत सम्मानबाट संगीतकार जुगल डंगोल सम्मानित भए । समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले अग्रज संगीतकार डँगोललाई सो सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा संगीतकार डँगोलको सम्मानमा गायिका निशा देशारले जुगलकै संगीतको गजल साउनको भेल जस्तो‘ प्रस्तुत गरिन भने बाँसुरीबादक नगेन्द्र राईले जुगलकै संगीतमा बाँसुरी धुन सुनाए ।

सोही समारोहमा संस्कृतिकर्मी चन्द्र कुमार राई, साहित्यकार हरिसिंह थापालगायत पनि सम्मानित भए । आधुनिक गीत तर्फ नव गायकको अवार्ड राजु भट्टले, नव गायक जुरी अवार्ड सन्त बहादुर दराईले, नव गायिकाको अवार्ड प्रिजा मिश्रले प्राप्त गरे । आधुनिक विधा तर्फ नै गायकको अवार्ड यस कुमारले, गायिकाको अवार्ड निता आचार्यले, संगीतकारको अवार्ड नरहरी प्रेमीले, गीतकारको अवार्ड टेक तामाङले र आधुनिक महिला गीतकारको अवार्ड सविता पोख्रेलले प्राप्त गरे ।

यस्तै राष्ट्रिय भाव गीतको अवार्ड कर्माले, गलज तर्फको अवार्ड रुद्रशेखर शर्माले, गजलकै जुरी अवार्ड संगीता राना प्रधान र युगल गायनको अवार्ड मोहन श्रेष्ठ÷ सहिमा श्रेष्ठले सँयुक्त रुपमा पाए । यसैगरी पप गायन तर्फ गायकको अवार्ड डेविड शँकरले, गायककै डायस्पोरा अवार्ड चेष्टर लिम्बूले, लोक पपतर्फ गायनको अवार्ड नविन कार्कीले, गीतकारको अवार्ड अनिल तिखत्रीले, संगीतकारको अवार्ड मानस राजले हाँसिल गरे ।

यस्तै लोकदोहोरी तर्फ नै पुरुष मोडलको अवार्ड सागर लम्साल (बले)ले, महिला मोडलको अवार्ड एन जेड सालुले, महिला मोडलको जुरी अवार्ड प्रमिता राजघतानीले, नव मोडल पुरुषको अवार्ड बसन्त उदासले र नव मोडल महिलाको अवार्ड मिशेल घिमिरेले हाँसिल गरे । निम अवार्ड समारोहमा लोक गीततर्फ मौलीक गीतको अवार्ड हेमन्त कान्छा रसाईली र उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड कमल एक्चै मगरले प्राप्त गरे ।

कार्यक्रममा लोकदोहोरी तर्फ गीत रचनाको अवार्ड सागर बाँस्तोलाले, लयको आवर्ड ऋषि खड्काले, गायकको अवार्ड राम कुमार नेपालीले, गायिकाको अवार्ड सञ्जु न्यौपाने हाँसिल गरे । समारोहमा नव महिला मोडल तर्फ नै पब्लिक च्वाईस अवार्ड पुनम श्रेष्ठले, कोरियोग्रफरको अवार्ड राहुल बराईलीले, म्युजिक एरेन्जरको अवार्ड सुदिप सागरले प्राप्त गरे । सो क्रममा आधुनिक÷पप गीति तर्फ भिडियो निर्देशकको अवार्ड केशव राज भट्टले, पुरुष मोडलको अवार्ड राज टाईगरले, महिला मोडलको अवार्ड अश्विनी शाहीले र लोकदोहोरी भिडियो निर्देशकको अवार्ड सृजन बरालले हाँसिल गरे ।

प्राविधिक विधा तर्फ ध्वनी मिश्रणको अवार्ड नरेन्द्र वियोगीले, छायाँकारको अवार्ड मुकेश हुमागाईले, म्युजिक भिडियो सम्पादकको अवार्ड अमृत चापागाईले पाए । समावेशी तर्फ डेउडा गीतको अवार्ड शान्ति शाहीले, मैथली भोजपुरी तर्फ गीतको अवार्ड प्रेमनारायण झाले, गायनको अवार्ड विरेन्द्र कुमार झाले, म्युजिक भिडियो अवार्ड मुन्ना कुमार र जुरी अवार्ड बद्री शाहले हाँसिल गरे । यस्तै नेपाल भाषातर्फ गीतकारको अवार्ड नातीकाजी महर्जनले, संगीतकारको अवार्ड मनराज नकर्मीले, गायनको अवार्ड मोहन शाक्यले, नेपाल भाषा म्युजिक भिडियोको अवार्ड दर्शन वीर शाक्यले प्राप्त गरे ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ६ : १० बजे