१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

एमाले सोलुखुम्बुको अध्यक्षमा दोहोरिए डुफ, हर्क पराजित



सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुको सम्पन्न ८औं अधिबेशनबाट अध्यक्षमा डुफकुमार बास्तोला निर्बाचित भएका छन् ।

आइतबार बिहान सम्पन्न मतगणनामा प्रतिस्पर्धी हर्कबहादुर राईलाई १५२ मत अन्तरले पराजित गर्दै बास्तोला अध्यक्षमा निर्बाचित भएका हुन् । बास्तोलाले २७७ र राईले १२५ मत प्राप्त गरेका थिए ।

७ औँ जिल्ला अधिबेशनमा बास्तोला सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचनबाट उपाध्यक्षमा आशकुमार राई ‘शिशिर’, सचिबमा कल्पना राई, उपसचिवमा मिङ्माछिरी शेर्पा र महिला उपसचिवमा मोहनकुमारी कार्की निर्बाचित भएका छन् ।

शिशिरले २९७, सचिब राईले २५९, उपसचिव शेर्पाले १६९ र महिला उपसचिव कार्कीले १७० मत प्राप्त गरे ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ७ : ३४ बजे