१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

ओम चाबहिल डेन्टलले ल्यायो एक महिने छुट योजना


२८ चैत्र २०८०, बुधबार  

190
Shares

काठमाडौं । ओम चाबहिल डेन्टल हस्पिटलले दन्त उपचार सेवामा एक महिने छुट योजना सार्वजनिक गरेको छ ।

हस्पिटल छैठौँ वर्ष प्रवेश गरेको अवसरमा आगामी वैशाख महिना भर निशुल्क दन्त परीक्षण गर्ने र उपचार शुल्कमा २० प्रतिशत छुट दिने योजना रहेको हस्पिटल निर्देशक कृष्ण घिमिरेले जानकारी दिए । सानदार न्युजसँग कुरा गर्दै निर्देशक घिमिरेले वैशाख १ गते निशुल्क दन्त परीक्षणका साथै नयाँ वर्ष शुभकामना आदानप्रदान गर्ने र क्यालेन्डर वितरणको कार्यक्रम राखिएको बताए ।

उनले भने, ‘डेन्टल स्थापनाको छैठौँ वर्ष प्रवेशको अवसरमा दन्त स्वास्थ्य सम्बन्धी एक महिने छुट योजना ल्याएका छौँ । दन्त समस्या भोग्दै आएकाहरुले मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछु ।’ उनले ओम चाबहिल डेन्टलले ७७ वटै जिल्ला निशुल्क दन्त शिविर गर्ने अभियानलाई थप आक्रमक बनाउने योजना सुनाए ।

‘अहिलेसम्म ४० जिल्लामा निशुल्क दन्त शिविर लिएर पुगिसक्यौँ । बाँकी जिल्लामा यो वर्ष शिविर सञ्चालनको तयारी गरिनेछ ।’उनले भने । ओम चाबहिल डेन्टलले काठमाडौँको चाबहिल र कोटेश्वरबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ७ : ४४ बजे