१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

महाकुलुङमा टेलिकमको सञ्चार सेवा अवरुद्ध



सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ ।

मंगलबारको चट्याङले गुदेलमा अवस्थित टेलिकमको फोरजी टावरमा क्षति पु¥याएपछि सञ्चार सेवा अवरुद्ध भएको स्थानीय पत्रकार झलक राईले जानकारी दिए ।

टावरको रेडियो सेटमा समस्या आएको टेलिकमका प्राविधिकलाई उदृत गर्दै पत्रकार राईले बताए । सञ्चार सेवा अवरुद्ध हुँदा महाकुलुङका गुदेल, छेस्काम र बुङका अधिकांश क्षेत्र मर्कामा परेका छन् ।

विहीबार देखि टावर मर्मतका लागि प्राविधिक परिचालन गरिने टेलिकम सोताङले जनाएको छ ।

त्यस्तै, चट्याङकै कारण विद्युतमा क्षति पुग्दा सोताङमा रहेको टेलिकमको टावरबाट वितरित हुने सेवा केही घण्टाको लागि अवरुद्ध भएको थियो । यद्यपी, सोलारको प्रयोग पछि सेवा सूचारु गरिएको बताइएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ८ : २० बजे