१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

क-कसले पाए तेस्रो राष्ट्रिय काँठे लोकदोहोरी अवार्ड ?



काठमाडौं ।  सुनाखरी मल्टिमिडिया फाउन्डेसनको आयोजनामा बिहीवार बिहिवार तेस्रो राष्ट्र्रिय काँठे लोकदोहोरी अवार्ड सम्पन्न भएको छ । इन्द्रेणी सांस्कृतिक समाजको स्टुडियो विजुलीबजार काठमाडौंमा भएको समारोहमा दिर्घ साधना सम्मानबाट काँठ क्षेत्रमा योगदान दिनुभएका सर्जक धुर्बराज खड्कालाई नगद ११ हजार १ सय ११ रुपैयाँ सहित सम्मान गरिएको छ ।

दशकका गायक सम्मानमा काँठ क्षेत्रका कलाकार रामहरि भन्डारी र सीता थापालाई सम्मान गरिएको छ । यस्तै यो बर्षको लोक पत्रकारिता सम्मान संचारकर्मी शिवराम भण्डारीलाई प्रदान गरिएको छ । भण्डारी एक दशक भन्दा लामो समयदेखि रंगपत्रकारितामा सक्रिय छन् । उनी राष्ट्र्रिय लोकसंचारकर्मी नेपालका सह सचिव समेत हुन् ।

श्रष्ठा सम्मानमा कलाकारहरु रेशम थापा, इन्दिरा गोले ,सुरज अधिकारी ,विश्व दोङ, मिरा गिरी ,दिनेश श्रेष्ठ ,कुसुम दुलाल (सिम्रण) र सामना साहलाई सम्मान गरिएको छ । कलाकार तथा संचारकर्मीलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका संस्कृती तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले सम्मान गरेका थिए ।

कार्यक्रममा राष्ट्र्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर ,राष्ट्रिय लोक संचारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम , राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका सस्थापक अध्यक्ष शिबनारायण जोशी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सुनाखरी मल्टिमिडिया फाउन्डेसनका अध्यक्ष माधव थापाका अनुसार यो अवार्ड विशुद्ध कलाकारको हौसलाका लागि र काँठ क्षेत्रका गीतसंगीको प्रवद्र्धनका लागि सुरु गरिएको कार्यक्रमको निरन्तरता भएको जानकारी दिए । कार्यक्रममा बर्षको उत्कृष्ट गायकको अवार्ड सरोज लामिछानेले प्राप्त गरे भने लोक दोहोरी गायीका तर्फ प्रतिमा अर्यालले अवार्ड प्राप्त गरेकी छन् ।

अवार्ड प्राप्त गर्ने कलाकारको नामावली यसप्रकार रहेको छ ।

१) दोहोरी साझ गायक – जीवन खतिवडा

२)दोहोरी साझ गायिका – रिता बुढाथोकी

३)लोक दोहोरी गायक (काठे) – सरोज लामिछाने गितको बोल -मुसौरी

४)लोक दोहोरी गायिका (काठे)- प्रतिमा अर्याल गितको बोल – धानको चामल ,चामलको कनिका ५)

भिडियो निर्देशक – मिलन श्रेष्ठ गीतको बोल -हे कान्छी

६)लाइभ दोहोरी गायिका -सुसिला लामा

७)लाइभ दोहोरी गायक -धनपती दाहाल

८)एरेन्जर – राम कृष्ण थापा गीतको बोल – हे कान्छी

९)मोडल महिला -रिना थापा मगर गीत को बोल -रानी हजुर

१०)मोडल पुरुष राजाराम कोईराला पछेउरि सलको १

१)काठे लय – सानू के सि गीतको बोल – पियारा पियारी

१२)छायांकार -सन्तोष तिम्लसिना गीतको बोल -हे माया

१३)काठे सब्द – शम्भु नेपाल गीतको बोल -एउटै मुटु

१४)बाध्यबादक ताल -मनोज सापकोटा

१५) बाध्यबादक सुर – बासुरी देबेन्द्र राई

१६)काठे नब गायक – कमल आचर्य गीतको बोल – निरकमल

१७)काठे नब गायिका – कोपिला तामङ वाइबा गीतको बोल -आइज काल

१८)ध्वनी मिश्रण – गोबिन्द सोनि गीतको बोल – धानको चामल चामलको कनिका

१९)नब मोडल – सिर्जन पन्डित (पुरुष ) गीतको बोल – बासको डोलि

२०)नब मोडल – लक्ष्मी दर्नाल (महिला)गीतको बोल – आछा लेकिन जुरि अवार्ड तर्फ राजेन्द्र भन्डारी पब्लिक च्वाईस अवार्ड निरु कार्की इन्करेजमेन्ट अवार्ड कमल दाहाल ,बसन्ती सुनार जीवन कार्की ,सन्तोस अधिकारी रहनु भएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ९ : ०३ बजे