१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

पर्यटन प्रर्वद्धनमा फड्को मार्दै महाकुलुङ, ‘छेस्काम–मुद्धि मेरापिक पर्यटन पदमार्ग’स्तरोन्नति



सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका क्षेत्रमा पर्ने ‘छेस्काम–मुद्धि मेरापिक पर्यटन पदमार्ग’स्तरोन्नति आयोजना निर्माण सम्पन्न गरेको छ ।

महाकुलुङ वडा न ३ मा पर्ने उक्त आयोजना चालु आर्थिक वर्ष २०८०/८१ मा पर्यटन बोर्डको जीविकोपार्जन पुनरुत्थान लागि दिगो पर्यटन परियोजना, कोशी प्रदेश र  महाकुलुङ गाउँपालिका बिच सम्झौता भई कार्यान्वयनमा आएको हो । पर्यटन परियोजना अन्तरगत १५ लाख, पालिका र वडाको १९ लाख ३४ हजार ४ सय र जनश्रमदान ४० हजार ५ सय ३४ रुपैयाँको लागतमा पदमार्ग स्तरोन्नति गरिएको निमित्त प्रमुख प्रशासकीय झमक बहादुर कटुवालले जानकारी दिए ।

२० किलोमिटर लामो पदमार्गको चैत्र २१ गते देखि हप्तासम्म अनुगमन गरिएको छ । अनुगमनमा निमित्त प्रशासकीय अधिकृत झमक बहादुर कटुवाल, योजना शाखा प्रतिनिधि विनोद बाबु बस्नेत, महाकुलुङ ३ का वडाध्यक्ष दुर्गा बहादुर राई, इन्जिनियर प्राविधिक शाखाबाट योगेन्द्र राई र युवराज राई, उपभोक्ता समितिका अध्यक्ष विद्याराज राई र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो ।

पर्यटकलाई लेक लाग्न कम हुने, खर्च कम लाग्ने, मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाइने बन्यजन्तु सहित मनमोहन प्रकृतिको अवलोकन गर्न सकिने, लेकाली जडिबुटी हेर्न पाईने, मनोरम हिमाली दृश्यका साथमा ताल तलैया हेर्न पाईने क्षेत्रलाई समेटी पदमार्ग निर्माण गरिएको छ । 

यो पदमार्गबाट आमलाप्चो पास, मेरा पिक, पिक फोटी वान हिमाल, चाम्लाङ हिमाल, हुङ्गु चुली हिमाल, सेर्पनी कोल्ड पास, एक राते हिमाल, भरुञ्जे हिमाल, मिङमाला पास छिचोल्न सकिने महाकुलुङ ३ का होटेल व्यवसायी पदम कुलुङ बताए । 

पदमार्ग निर्माणमा पर्यटक विश्राम स्थल, पदयात्रा सहजताका लागि पर्यटकीय संकेत जडान, पदयात्रामा फोहोर सङ्कलनका लागि बीन्स जडान, खोलामा  काठे पुल निर्माणमा जी फाउन्डेसन नेपाल र पहाडी विकास तथा संरक्षण नेपाल लगायतले सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ९ : ०९ बजे