१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

वैशाख ११ मा काँग्रेस सोलुखुम्बुको बैठक बस्ने


४ बैशाख २०८१, मंगलबार  

180
Shares

सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुले आगामी वैशाख ११ गतेका लागि बैठक बोलाएको छ । 

क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण र साङ्गठनिक विषयमा छलफल गर्न वैशाख ११ गते बिहान १० बजे पार्टी कार्यालय बसन्तबजारमा बैठक बस्ने तयारी थालिएको सह–सचिव उत्रमान राईले बताए ।

बैठकमा केन्द्रीय सदस्यहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, पालिका सभापतिलाई उपस्थित हुन आव्हान गरिएको पार्टी सभापति नाम्गेल जाङबु शेर्पाले जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  २ : ५८ बजे