१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

सोलुदुधकुण्डमा अपाङ्गता रोकथाम शिविर सुरु



सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना शिविर सुरु भएको छ । नगरपालिकाले कोशी प्रदेश सरकार र करुणा फाउण्डेसनसँगको लागत साझेदारीमा आज मंगलवार वडा नम्बर १ टाक्सिन्दुबाट शिविर सुरु भएको हो ।

उक्त शिविरको उपमेयर गान्धी माया तामाङले एक कार्यक्रमका बिच उद्घाटन गरिन्। कार्यक्रममा बोल्दै उपमेयर तामाङले फरक क्षमता भएका व्यक्तिहरुलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेर सेवा प्रवाह गरिरहेको बताइन् ।

नगरपालिकाको ११ वटै वडामा सञ्चालन हुने शिविरमा टाक्सिन्दुबाट २४ जनाले सेवा लिएका छन् । जसमा ४ जनाले नयाँ परिचयपत्र प्राप्त गरेको वडा कार्यालयले जनाएको छ ।

यहि वैशाख ४ गतेबाट सुरु भई १४ गतेसम्म जारी रहने शिविरमा अपाङ्गता भएका व्यक्तिहरुको विषेशज्ञ चिकित्सा प्रविधिद्वारा प्रारम्भिक जाचँ तथा आवश्यकता पहिचान गरिने प्रमुख प्रशासकिय अधिकृत कोपिला राईले जानकारी दिइन्। बुभबार भोली ५ गते वडा नम्बर २ वेनी, ६ गते वडा नम्बर ३ वडा तामाखानी, ७ गते वडा नम्बर ४ फाप्लु र साथै वडा नम्बर ५ सल्लेरीमा शिविर सञ्चालन हुने छ ।

त्यस्तै वैशाख ८ गते वडा नम्बरं ५ जैदु, ९ गते वडा नम्बर ६ दोर्पू, १० गते वडा नम्बर ७ गार्मा, ११ गते वडा नम्बर ८ केरुङ, १२ गते वडा नम्बरं १० फताञ्जे, १३ गते वडा नम्बर ९ वडा गोराखानी र १४ गते वडा नम्बर ११ तिङ्लामा शिविर सञ्चालन हुने छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ९ : १९ बजे