१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

शताब्दी पुरुष गणेश बहादुर बस्नेत अभिनन्दित



काठमाडौं । सोलुखुम्बुका शताब्दी पुरुष गणेश बहादुर बस्नेतलाई अभिनन्दन तथा सम्मान प्रदान गरिएको छ ।

काँगेल बाउण्डी सरोकार केन्द्र, सोलुखुम्बुले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पूर्व राष्ट्रपति डा.रामबरण यादवले बस्नेतलाई अभिनन्दन गरेका हुन् । बस्नेत सोलुखुम्बु जिल्ला थुलुङ दुधकोसी २ काँगेल वाहुण्डीमा वि.सं. १९८० साल कार्तिक ४ गते जन्मेका पूर्व प्रशासक (स्थानीय विकास अधिकारी) समेत हुन् ।

अभिनन्दन कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति यादवले देशका लागि राम्रो काम गर्नेलाई राष्ट्रले सम्मान गर्छ भन्ने कुरा नयाँ पिडिहरुलाई बोध गराउनुपर्ने बताए । बुधबार काठमाडौंमा शताब्दी पुरुष गणेश बहादुर बस्नेतको अभिनन्दन कार्यक्रममा उनले देश र समाजका लागि काम गर्नेहरुका बिषयमा जानकार गराउदै नयाँ पिडिहरुलाई राम्रो काम गर्न प्रेरित गर्नुपर्ने बताएका हुन् ।

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले देशमा केहि हुँदैन भन्ने भाष्य निर्माण भइरहेको भन्दै नेतृत्वमा बसेकाहरु जिम्मेवार हुनुपर्ने बताऐ । उनले जनताबाट अनुमोदित भएकालेहरुले शक्तिको दुरुपयोग नगरि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ७ : १० बजे