१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

महाकुलुङ २ का ६० घरधुरीलाई विद्युतीय चुलो वितरण



सोलुखुम्बु । पेल्माङ बिकासका लागि सहयोगी हातहरु संस्थाले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ वडा भित्रका ६० घरधुरीलाई बाल्ट्रा कम्पनीको ईन्डक्स विद्युतीय चुलो वितरण गरेको छ ।

बिहिवार संस्थाले चुलोसँगै पेल्माङ स्वास्थ्य चौकी तीन लाख बराबरको कोरियन थेरापी मेसिन समेत हस्तान्तरण गरेको वडा नम्बर २ का अध्यक्ष प्रदिप कुलुङले बताए । मेरुदण्ड भाँचिएको र गर्भवती महिला बाहेकका विरामीको थेरापी गर्न मिल्न बताइएको छ ।

संस्थाले महाकुलुङ २ को स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रको विकास र सुधारको लागि स्थापनाकाल देखिनै सहयोग गर्दै आएको पेल्माङ बिकासका लागि सहयोग हातहरुका अध्यक्ष मछिन्द्र कुलुङको भनाइ छ ।

वितरण कार्यक्रममा वडाअध्यक्षसहित जनप्रतिनिधिहरु, पेल्माङ विकासका लागि सहयोगी हातहरु अध्यक्ष मछिन्द्र कुलुङ, जर्मनी नागरिकहरु र स्थानीयहरुको उपस्थिति रहेका पत्रकार झलक राईले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ५ : ४६ बजे