१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

थुलुङ दुधकोशी बहु–प्राविधिक शिक्षालयले निशुल्क ब्रिज कोर्ष सञ्चालन गर्ने


६ बैशाख २०८१, बिहिबार  

132
Shares

सोलुखुम्बु । सोलुखुम्बुको मुक्लिमा सञ्चालनमा रहेको थुलुङ दुधकोशी बहु–प्राविधिक शिक्षालयले निशुल्क ब्रिज कोर्ष सञ्चालन गर्ने भएको छ ।

एसइइ दिएर बसेका विद्यार्थीलाई ध्यानमा राख्दै वैशाख २० गते देखि असार १५ सम्म निशुल्क ब्रिज कोर्ष सञ्चालनको तयारी गरिएको शिक्षालयका प्रिन्सीपल किरण कुमार थापाले जानकारी दिए ।

विद्यार्थीको उच्च शिक्षा अध्ययन र विषय छनौट सहजीकरणका लागि ब्रिज कोर्ष सञ्चालन गर्न लागिएको थापाले बताए । उनले भने, ‘कोर्ष लिन चाहने थुलुङ दुधकोशीका विद्यार्थीलाई बहु–प्राविधिक शिक्षालयमा सम्पर्क गर्न आग्रह गर्दछु ।’ ब्रिज कोर्ष करियर काउन्सिलिङका लागि प्रभावकारी मानिन्छ ।

२०७६ सालमा स्थापना भएको शिक्षालयमा प्राविधिक धारको ३ वर्षे सिभिल इन्जिनियरिङका कक्षा सञ्चालन गर्दै आएको छ । शिक्षालयले सतप्रतिशत नतिजा निकाल्दै आएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ७ : २९ बजे