१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

थुलुङ दुधकोशीमा राजस्व सुधार योजना सम्बन्धि कार्यशाला गोष्ठी


११ बैशाख २०८१, मंगलबार  

6
Shares

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा एक दिने राजस्व सुधार योजना सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको पालिका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिए ।

प्रदेश अनुशन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आर्थिक सहयोग तथा थुलुङ दुधकोशी गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त गोष्ठीमा पालिकाले हाल संकलन गरिरहेको राजस्वको अवस्था र यसमा सुधार गर्नुपर्ने विषयमा छलफल भएको छ ।करको दर र दायरा सम्बन्धि आवश्यक छलफल गरिएको प्रवक्ता कार्कीले बताए ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष असिम राईले विकसित राष्ट्रहरुमा आम्दानीको आधारमा कर तिर्न नागरिक उत्साहित हुनेगरेको भएपनि नेपाल जस्तो मुलकमा राज्यलाई कर तिर्न नागरिकले बोझको रुपमा लिनेगरेको बताए । नागरिकले बुझाएको करबाट देशमा बिकास हुने भन्दै अध्यक्ष राईले कर शिक्षाको खाँचो रहेको बताए ।

यसैबीच सोमबार नै गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशिकरण मुलप्रवाहिकरण रणनीति निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा सबै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, शाखाका कर्मचारी लगायतको उपस्थिति रहेको प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : २३ बजे