१७ जेष्ठ २०८१, बिहिबार | Thu May 30 2024

खुम्बुमा डोर सेवा र फिल्ड रेखाङ्कन कार्यक्रम


११ बैशाख २०८१, मंगलबार  

192
Shares

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ्ल्यामु गाउँपालिकाले जेष्ठ नागरिक अपाङ्गता र अशक्तहरु लागि डोर सेवा र फिल्ड रेखाङ्कन कार्यक्रम सुरु गरेको छ ।

पालिकाले मालपोत कार्यालय र नापी कार्यालय सोलुखुम्बुको प्राबिधिक सहयोगमा खुम्बु पासाङल्हमु गाउँपालिका वडा न ४ खुन्जुङबाट सुरु डोर सेवा तथा र फिल्ड रेखाङ्कन कार्यक्रम सुरु गरेको हो ।

सबै वडामा बृहत घुम्ती टोली मार्फत जग्गाको नामसारी, अंशबण्डा कित्ताकार, राजीनामाको काम सम्बन्धि सेवा प्रवाह गर्ने वडा नं ४ का कार्यवाहाक अध्यक्ष ङिमा याङजीन शेर्पा बताए ।

मंगलबार र बुधबार वडा न ४ खुन्जुङमा, वैशाख १३ र १४ गते वडा न ५ नाम्चेमा, वैशाख १६ र १७ गते वडा न ३ नाचिपाङमा, वैशाख १८ र १९ गते वडा न २ लुक्लामा, वैशाख २१ र २२ गते वडा न १ खरिखोलामा सेवा प्रदान गरिने पत्रकार झलक राईले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : ३९ बजे