१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

महाकुलुङका मौरी पालक कृषकलाई पुनर्ताजगी तालिम


२१ बैशाख २०८१, शुक्रबार  

54
Shares

सोलुखुम्बु । महाकुलुङ गाउँपालिका भित्रका १९ जना मौरी पालक कृषकलाई पुनर्ताजगी तालिम प्रदान गरिएको छ ।

जी फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग र पहाडी विकास तथा संरक्षण समूह नेपाल बुङको आयोजनामा मौरी पालक कृषकलाई ३ दिने पुनर्ताजगी तालिम प्रदान गरिएको हो ।

जी फाउन्डेसनका जीविकोपार्जन कार्यक्रमका म्यानेजर सतानन्द उपाध्याय र पहाडी विकास तथा संरक्षण समूह नेपालकी कृषि अधिकृत खुशुबु राईले सहजीकरण गरेको तालिम शुक्रवार सकिएको हो ।

व्यावसायिक मौरी पालनमा केन्द्रित तालिममा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान र सीपको अभ्यास गरिएको थियो ।

तालिमको उद्घाटनमा महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्य कुलुङ र पहाडी विकास तथा संरक्षण समूह नेपालका अध्यक्ष भलाकाजी कुलुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ८ : २२ बजे