१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

निभान वेलकेयरले निशुल्क छाला तथा यौन रोग शिविर सञ्चालन गर्दै



काठमाडौं । पूरानो बानेश्वरबाट स्वास्थ्य सेवा प्रवाह गर्दै आएको निभान वेलकेयर सेन्टरले निशुल्क छाला तथा यौन रोग शिविर सञ्चालनको तयारी गरेको छ ।

आगामी जेठ ५ गते शनिवारको दिन छाला तथा यौन रोग विशेषज्ञ डा.मनिषा कोइरालाले शिविरमा निशुल्क सेवा दिने निभान वेलकेयरका निर्देशक निरज अधिकारीले जानकारी दिए ।

उनले छाला तथा यौनजन्य रोगबाट पीडितका साथै अनुहारको चाँयापोतो, डन्डिफोर, दागहरु, मुसा, कोठी, चिलाउने समस्या र कपाल सम्बन्धी समस्या भएकाहरुले निशुल्क सेवा लिन सक्ने बताए । शिविर जेठ ५ गते विहान १० देखि अपराहन्न ४ बजेसम्म चल्नेछ ।

शिविरबाट फाइदा लिन चाहनेले ०१–४५७९९५५ र ९८४५५४१६१९ मा सम्पर्क गर्न सकिने निभान वेलकेयरले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ६ : ३४ बजे