१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

कुबेर राईले ल्याए ‘हेराई ज्यानमारा’ (भिडियो)



काठमाडौं । खोटाङ्गे सर्जक तथा गायक कुबेर राईले पुर्वेली लोक गीत ‘हेराई ज्यानमारा’ सार्वजनिक गरेका छन् ।

तुवाचुङ टिभी यूट्युव मार्फत सार्वजनिक गरिएको स्टुडियो भिडियो जस्केलो क्रियशनले निर्माण गरेको हो ।

कुबेरकै सृजनामा तयार गीतमा महिला गायनमा चन्दिका राईले साथ दिएकी छिन् । राजु कार्कीको एरेन्ज तथा मास्टरिङ रहेको गीत स्टुडियो किङमा रेकर्ड गरिएको हो ।

कुबेरले यसअघि ‘मैच्याँङ’, ‘जुगजाने माया’, ‘फाटेको रुमाल’, ‘मायाको चिनो’, ‘सोल्टिनी भाग १ र २’सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  १० : २८ बजे