१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

महाकुलुङ २ पुर्ण खोप सुनिश्चित वडा घोषणा



सोलुखुम्बु । महाकुलुङ गाउँपालिका २ लाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ ।

आइतबार आधारभुत स्वास्थ्य सेवा केन्द्र पेल्माङले आयोजना गरिएको कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य शाखा प्रमुख सुमिता कुलुङको प्रमुख आतिथ्थता र महाकुलुङ २ वडा अध्यक्ष प्रदिप कुलुङको अध्यक्षतामा वडालाई पुर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

१५ महिना देखि मुनि बालबालिकाहरुलाई सुनिश्चितता गरि पुर्ण खोप सुनिश्चित वडा, पालिका र जिल्ला घोषणा गर्ने सरकारी नीति रहेअनुसार वडा घोषणा गरिएको वडाध्यक्ष प्रदीप कुलुङले जानकारी दिए ।

घोषणा कार्यक्रममा स्वास्थ्य केन्द्रका प्रमुख, महिला स्वयंसेविकाहरु, वडामा सञ्चालित विद्यालयका शिक्षक प्रतिनिधिहरु, बाल क्लबका पदाधिकारी, आमा समूहका प्रतिनिधि लगायतका उपस्थिति रहेको स्वास्थ्य शाखा सह–संयोजक सुमिता कुलुङले जानकारी दिइन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ८ : ५० बजे