१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

फाप्लु–टाक्सिन्दु–जुभिङ–खुम्बु सडक ब्ल्याकटप हुदै, बोलपत्र आब्हान


२८ बैशाख २०८१, शुक्रबार  

1.2k
Shares

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु देखि सोलुदुधकुण्ड १ टाक्सिन्दु, माप्य दुधकोशी गाउँपालिका १ जुभिङ हुदैँ खुम्बु जोड्ने सडक (सगरमाथा सडकं)ब्ल्याकटपका लागि बोलपत्र आब्हान गरिएको छ ।

एसियाली विकास बैँक (एडिबि)को सहयोगमा हुने कामका लागि सोलुदुधकुण्ड नगरपालिकाका मेयर जाम्गेल जाङबु शेर्पाले आवश्यक पहल र समन्वय गरेका थिए । कालोपत्रेका लागि केही वर्ष अघि नै सम्झौता भएपनि ब्ल्याकटप योजना कार्यान्वयनका लागि शुक्रबार बोलपत्र आब्हान गरिएको हो ।

एडिबिको ग्रामीण सम्पर्क सुधार परियोजना अन्तरगत यो सडक ब्ल्याकटप गर्न लागिएको हो ।

बोलपत्र आब्हान पछि खुसी व्यक्त गर्दै मेयर शेर्पाले लेखेका छन्, ‘सोलुदुधकुण्ड नगरपालिका वडा नं ४ फाप्लुबाट सोलुदुधकुण्ड नगरपालिका वडा नं १ टाक्सिन्दु, माप्य–दुधकोशी गाउंपालिका वडा नं १ हुदै खुम्बु जोड्ने सडक खण्डको एसियाली बिकास बैंकको आर्थिक लगानीमा आज बोलपत्र आव्हान गरेको छ । नगरपालिका लामो समयको प्रयास पछि यो सम्भव भएकोमा खुसी लागेको छ ।’

उनले सोलुदुधकुण्ड नगरपालिका, माप्य दुधकोशी र खुम्बुवासीलाई बधाई समेत दिएका छन् । ब्ल्याकटप हुदैँ गरेको सडक खुम्बु आवतजावतका लागि छोटो दुरीको प्रभावकारी सडक मानिन्छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ६ : ३५ बजे