१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

महाकुलुङ गाउँपालिकाको १३ औं गाउँ सभा सम्पन्न


२८ बैशाख २०८१, शुक्रबार  

40
Shares

सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपालिकाले ‘समृद्ध महाकुलुङको आधार, कृषि र पर्यटन यसको आधार’ मुल नारा साथ १३ औं गाउँ सभा सम्पन्न गरेको छ ।

गाउँपालिका अध्यक्ष सुर्य बहादुर राईको अध्यक्षतामा सम्पन्न गाउँ सभामा सामाजिक उत्तरदायित्व भित्र बजेट कसरी परिचालन गर्ने, खर्च कहाँ र कुन ठाउँमा गर्ने भन्ने विषयमा छलफल गरेको प्रमुख प्रशासकिय अधिकृत नवीन कुमार गोले बताए ।

सभाले योजना तथा कार्यक्रम संशोधन, वहाल कर तथा अन्य कर, हाईड्रोपावर कम्पनीहरुको (सामाजिक उत्तरदायित्व), कोशी प्रदेश सरकारसङ्ग माग गर्ने योजनाहरु बारे छलफल गरी निष्कर्ष निकालेको गाउँपालिका अध्यक्ष सुर्य बहादुर राईले जानकारी दिए ।

गाउँसभामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, गाउँसभा सदस्यहरु, कार्यपालिका सदस्यहरु, विभिन्न राजनीति दलका जिल्ला देखि स्थानीय सम्मका नेताहरु, बुद्धिजिबी, पूर्व वडाध्यक्ष तथा साविकको गाविस अध्यक्षहरु, एपेक्स मकालु पावर डेभलपमेन्ट हाइड्रोपावर र गौरीशंकर हाईड्रोपावरका प्रतिनिधिहरु, सामुदायिक वन पदाधिकारी, गाउँपालिकाका विषयगत शाखाका कर्मचारीहरु, इलाका प्रहरी कार्यलय र बुङ प्रहरी चौकीका सुरक्षाकर्मीहरु मिडियाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १० : ५६ बजे