१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

थुलुङ दुधकोशी अस्पतालमा थपियो यि ल्याब सेवा



सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लीमा सञ्चालित थुलुङ दुधकोशी अस्पतालले ल्याब सेवा थप गरेको छ ।

अस्पतालबाट दिइरहेको ल्याव सेवामा आजदेखि थाइरोइड, HbA1c, भिटामिन डी, CRP quantitative, सोडियम पोटासियम लगायतका जाँचको सेवाहरु थप गरेको पालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

अस्पतालबाट पालिकाबासीसँगै सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकाका नागरिकले समेत स्वास्थ्य सेवा लिँदै आएका छन् । अस्पतालले ओपिडी, एक्सरे, इसिजी, यूएसजि, डेन्टल ओपिडी, डेन्टल एक्सरे, आँखा सेवा र माइनर ओटी सेवा प्रदान गर्दै आएको छ ।

यस्तै, अस्पतालले जेष्ठ नागरिकलाई ५० प्रतिशत, असक्त, अपांग र गरिबीको रेखामुनिका विरामी र सामान्य प्रसुतिलाई सतप्रतिशत छुटमा उपचार सेवा उपलब्ध गराउदै आएको छ ।

गाउँपालिका अध्यक्ष असिम राईले अस्पतालको क्षमता बढाउँदै लैजाने र पालिकाका नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा आफु प्रतिबद्ध रहेको बताएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ४ : ३८ बजे