१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

महाकुलुङमा पोषण, सरसफाई, यौन तथा प्रजनन सम्बन्धि ३ दिने अभिमुखिकरण सुरु



सोलुखुम्बु । इको हिमाल नेपालको आयोजनामा सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा विद्यार्थी लक्षित पोषण, सरसफाई, यौन तथा प्रजनन सम्बन्धि ३ दिने अभिमुखिकरण सुरु भएको छ ।

महाकुलुङ गाउँपालिकाको सहकार्यमा शनिबारदेखि संस्थाको विद्यालय सुधार योजना अन्तरगत स्थानीय आधारभुत र माध्यमिक विद्यालयका व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीलाई ३ दिने अभिमुखिकरण सुरु भएको हो ।

गाउँपालिकाको कार्य बाहक अध्यक्ष तथा वडा न १ अध्यक्ष पर्खिधन राईको अध्यक्षतामा सुरु अभिमूखिकरणमा विद्यालय सुधार योजना, सामाजिक लेखापरीक्षण, पोषण, विद्यालयमा सरसफाई र स्वच्छ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि क्षमता अभिवृद्धिका विषयमा छलफल गरिने इको हिमाल नेपालका संस्थाका कार्यकारी निर्देशक नारायण ढकालले बताए ।

अभिमूखिकरणको सहजीकरण इको हिमाल नेपालका सचिब सत्य नारायण मर्हजन र इको हिमाल नेपालका विद्यालय स्वास्थ्य कार्यक्रम परियोजना अधिकृत गोमा शर्माले गरिरहेका छन् ।

उद्घाटन कार्यक्रममा अभिमुखिकरणमा गाउँपलिका उपप्रमुख विपना कुलुङ, प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार गोले, वडाका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ६ : १५ बजे