१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

गुल्मेली प्रकाश र तुलसिंहको ‘सुपारी काँचो’ (भिडियो)



काठमाडौं । गुल्मेली प्रकाश र लोक संचारकर्मी नेपालका केन्द्रिय सदस्य तुलसिंह रनपछाइको नयाँ लोक दोहोरी गीत ‘सुपारी काँचो’ सार्वजनिक भएको छ । गीतमा सुनिता बुढा क्षेत्री, तुलसिंह रनपछाइ र गुल्मेली प्रकाशको स्वर रहेको छ ।

नेत्र अर्यालको लय, गुल्मेलि प्रकाश र नेत्र अर्यालको शब्द रहेको उक्त गीतमा महेन्द्र भण्डारीको सङ्गीत संयोजन रहेको छ ।

यस गीतमा कोरियो ग्राफर तथा नृत्य निर्देशन अहिलेकी ब्यस्त निर्देशक स्मृति तिमल्सिना ‘गुरुआमा’ले गर्नुभएको छ भने अभिनयमा ओबि रायमाझी, नारायणी खत्री र सन्चिता बोलखेको रहेको छ ।

करिव डेढ दशकदेखि लोक सन्चारकर्मी एवंम लोकगायक तुलसिंहले एक दर्जन भन्दा बढीमा आवाज दिनुभएको छ । शुक्रवार मात्रै रिलिज भएको उक्त गित नेत्र अर्याल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ६ : ३० बजे