१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

महाकुलुङमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि क्षमता अभिवृद्धि गोष्ठी सम्पन्न



सोलुखुम्बु । महाकुलुङमा गत शनिबार देखि सञ्चालनमा रहेको विद्यालय सुधार योजना, सामाजिक सेवा तथा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि क्षमता अभिवृद्धि गोष्ठी सोमबार सम्पन्न भएको छ ।

इको हिमाल नेपालको आयोजना र महाकुलुङ गाउँपालिकाको समन्वयमा स्थानीय आधारभुत र माध्यमिक विद्यालयका व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीलाई लागि गोष्ठी सञ्चालन गरिएको थियो ।

गोष्ठीको समापनमा सगरमाथा माध्यमिक विद्यालयका शिक्षक सुरेन्द्र कुमार बास्तोलाले आधुनिक तरिकाले विद्यालयको प्रशासन सञ्चालन गर्न सके विद्यालयमा सुधार सम्भव भएको बताए ।

इको हिमाल नेपाल सचिव सत्य नारायण महर्जनले अनुभव आदानप्रदानले विद्यालय सुधारमा सहयोग हुने बताए । सहभागीले विद्यालय सुधारका लागि सरोकारवालाको छलफलबाट योजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वर्तमान ऐन कानुन अनुसार विद्यालय सुधार योजना निर्माण, ऐन कानुन सामाजिक परीक्षक सम्पुर्ण प्रक्रिया पुराई सम्पुर्ण प्रतिवेदेन तयार टेवा मिलाउने, विद्यालय स्वच्छ वातावरण, खानेपानी, खाजा, यौन तथा प्रजनन शिक्षा सम्बन्धि प्रकाश गोष्ठीको उद्देश्य थियो ।

सहजीकरण इको हिमाल नेपाल सचिब सत्य नारायण महर्जन र विद्यालय स्वास्थ्य कार्यक्रम परियोजनाका अधिकृत गोमा शर्माले गरेका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ८ : ५९ बजे