१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

रितालाई लाहुरेले जाम भनेपछि … (भिडियो)


१ जेष्ठ २०८१, मंगलबार  

116
Shares

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी गायिका रिता थापा मगरले लोक गीत ‘ए आमा जाम भन्यो मलाई’सार्वजनिक गरेकी छिन् ।

बैँश जगाउने एकनारायण भण्डारीको शब्द र गायिका थापाकै भाका सृजनामा गीत तयार भएको छ । गायनमा जुना श्रीष मगर र देवी घर्ती मगरले साथ दिएका छन् ।

प्रेमील गीतमा गाउँले युवति लाहुरेको मायाजालमा फसेको कथालाई रोचक तवरले उठान गरिएको छ ।

रिता थापा मगरकै अफिसियल युट्यूवमार्फत सार्वजनिक गरिएको गीतको भिडियोलाई मौसम हिमालीले गरेका छन् ।

भिडियोमा लाहरेको रुपमा प्रकाश सपुत र गाउँले युवतीको रुपमा सनिसा भट्टराईलाई प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ९ : २५ बजे