२७ भाद्र २०८१, बिहिबार | Thu Sep 12 2024

खालिङ भाषिक खुला कविता प्रतियोगीता हुने


१८ भाद्र २०८१, मंगलबार  

12
Shares

काठमाडौँ । किरात खालिङ राई उत्थान संघको २३ औँ स्थापना दिवसको अवसरमा ‘खालिङ भाषिक खुला कविता प्रतियोगीता’ हुने भएको छ ।

आगामी असोज १० गते संघको केन्द्रीय कार्य समितिले मनाइने दिवसको अवसरमा आयोजना गरिने कविता प्रतियोगीतामा सहभागी बन्न खालिङ कविहरुलाई आब्हान गरिएको छ ।

विजेताले नगद १० हजार, ७ हजार, ५ हजार र एक हजार ५ सयको साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

जारी सूचनामा कम्तीमा एक सय र बढिमा दुई सय शब्दमा लेख्नुपर्ने कविता खालिङ भाषामै हुनुपर्ने बताइएको छ । उत्कृष्ट १० कवितालाई कार्यक्रममा वाचन गर्न दिने आयोजकले जनाएको छ ।

दिवसकै अवसरमा रक्षामन्त्री मानवीर राई र मेषीदण्ड नाटकका लेख गिलु रातोसलाई सम्मान समेत गरिनेछ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  १० : ३० बजे