सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले सञ्चालन गरेको ५ दिने कुकुर बन्ध्याकरण शिविरमा २२३ सामुदायिक कुकुरको बध्याकरण गरिएको छ ।
गाउँपालिकाको आर्थिक तथा हिमालयन एनिमल रेस्क्यु ट्रस्टको प्राविधिक साझेदारीमा सुरु भएको कुकर बन्ध्याकरण शिविर
मार्फत गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ का जम्मा २ सय २३ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।
सामुदायिक तथा घर पालुवा दुबै गरि जम्मा २ सय २३ वटा कुकुरको बन्ध्याकरण गरिएको गाउँपालिकाका पशु शाखा अधिकृत लेखनाथ बाँसतोलाले बताए । उनका अनुसार शिविर मार्फत शिविर मार्फत १ सय ५१ भाले र ७५ पोथी कुकुरको बन्ध्याकरण गरिएको छ ।
नेचासल्यान गाउँपालिकाको ५ लाख रुपैयाँ मार्फत गाउँपालिकाका कुकुरहरूको बन्ध्याकरण गरिएको पालिका अध्यक्ष धनजन राईले जानकारी दिए ।
सामुदायिक कुकुरको उत्पादनलाई न्यूनिकरण गर्दै रेविज जस्ता घातक रोगहरूबाट बच्न यस्तो शिविरको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष विना राईको भनाई छ ।