सोलुखुम्बु । रीड नेपालको आयोजना तथा सोताङ र महाकुलुङ गाउँपालिकाको समन्वयमा महाकुलुङमा लैंगिक संवेदनशील अपांगता मैत्री सुरक्षित वातावरण निर्माण तथा समावेशी शिक्षा सम्बन्धी तालिम सुरु भएको छ ।
उद्घाटन सत्रको समापन एवम तालिमको विधिवत सुरुवात गर्ने क्रममा गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङ्गले रीड नेपाल र रीड नेपालका कार्यक्रमहरुको तारिफ गर्दै रीड नेपालले समग्र सोलुखुम्बु जिल्लाको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे ।
साथै अहिलेको बदलिदो समय र समय सापेक्ष एक्काईसौ शताब्दीको शिक्षा र देखिएका चुनौतीका कुराहरु गर्दै आगामी दिनमा पनि यस्ता धेरै तालिमको आयोजना होस र तालिममा सिकेका सीपहरु कक्षाकोठा एवम विद्यालयमा प्रयोग गरियोस भनी तालिमको सफलताको कामना गर्दै तालिमको विधिवत सुरुवात गरे ।
पालिका उपाध्यक्ष विपना कुलुङ्गले सुरक्षित विद्यालय वातावरण निर्माण तथा समावेशी शिक्षाको महत्व उजागर गर्दै तालिममा सिकेका सीपहरु विद्यालयमा पुर्याउन चुनौती रहेको कुरा बताइन् । साथै उनले सन् २०३० सम्ममा हरेक पालिका बालमैत्री बनाइसक्नुपर्ने कुरा स्मरण गराउदै यसलाई पूरा गर्न सम्पुर्ण विद्यालयका प्रध्यानाध्यापक लगायत शिक्षकहरुलाई पुरा गर्न जिम्मेवार भएर लाग्न आग्रह गरे ।
उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै सामाजिक विकास संयोजक पर्खिधन राईले आउदो दिनमा लैङ्गिक सम्वेदनशील, अपाङ्गता मैत्री विद्यालय अनिवार्य आवश्यकता भएको कुरा सर्वस्विकार्य भएता पनि चुनौतीपूर्ण रहेको बताए ।
दुई दिने तालिमको सहजीकरण रीड नेपालका सेफ गार्ड अफिसर लक्ष्मी श्रेष्ठले गर्नु भएको छ ।
तालिममा सोताङ्ग गाउँपालिकाका ७ र महाकुलुङ्ग गाउपालिकाका ९ गरी जम्मा १६ विद्यालयका प्रध्यानाध्यापक, लैङ्गिक शिक्षक र ३ जना स्थानीय श्रोत शिक्षक गरी कुल ३५ जनाको सहभागीता रहेको छ ।