२७ आश्विन २०८१, आइतबार | Sun Oct 13 2024

खालिङ भाषिक खुला कविता प्रतियोगितामा रेजिना खालिङ प्रथम


१० आश्विन २०८१, बिहिबार  

1.3k
Shares

काठमाडौँ । किरात खालिङ राई उत्थान सङ्घले आयोजना गरेको ‘खालिङ भाषिक खुला कविता प्रतियोगिता–२०८१’ मा रेजिना खालिङ (रामरिसफूल) प्रथम भएकी छन्  

आज (बिहीबार)सुकेधारा स्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सार्वजनिक अन्तिम नतिजामा उत्कृष्ट १० कविताबाट रेजिना खालिङको कविता प्रथम बनेको हो । खालिङले नगद १० हजारको साथमा प्रमाणपत्र प्राप्त गरेकी छन् । 

प्रतियोगितामा द्वितीय स्थान एकाप्रसाद खालिङले ओगटेका छन् । उनले नगद ७ हजार र प्रमाणपत्र प्राप्त गरे । रुद्र खालिङ (मज्जलाल) तृतीय हुँदा नरेन्द्र मलिमलाल (हाल दक्षिण कोरिया)ले सान्त्वना स्थान हात पारेका छन् । उनीहरूलाई क्रमशः ५ हजार र २५ सय नगदको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।

बाँकी ६ कविहरूलाई प्रोत्साहनका लागि नगद १५/१५ सय र प्रमाणपत्र प्रदान गरिएको किरात खालिङ राई उत्थान सङ्घका अध्यक्ष बल बहादुर खालिङले जानकारी दिए ।

सङ्घको २३ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा  कुसुम खालिङ राई, रमेश राई, नरेन्द्र मलिमलाल, मुना खालिङ राई, श्रद्धा खालिङ राई, रेजिना खालिङ (रामरिसफूल), एकाप्रसाद खालिङ, मिङमार खालिङ, रविन खालिङ र रुद्र खालिङ (मज्जलाल)का १० कविता उत्कृष्ट १० मा छनौटमा परेका थिए । प्रतिस्पर्धाका लागि ५० भन्दा बढी कविता प्राप्त भएका थिए ।

दिवसको अवसरमा खालिङ समुदायबाट रक्षा मन्त्री बनेका मानवीर खालिङ र पत्रकार तथा कवि गिलु रातोसलाई सम्मान समेत गरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ७ : ३५ बजे