४ असार २०८२, बुधबार | Wed Jun 18 2025

हिमाल दर्शन माविको स्वर्ण जयन्ती विशेष ५० संकल्प, यस्ता छन् कार्यक्रमहरु


१० कार्तिक २०८१, शनिबार  

58
Shares

काठमाडौं। सोलुखुम्बुको नेचासल्यानस्थित हिमाल दर्शन माध्यमिक विद्यालयले स्वर्ण जयन्ती विशेष ५० संकल्प सार्वजनिक गरेको छ । शनिबार राजधानीमा शुभकामना आदानप्रदान तथा स्वर्ण जयन्ती छलफल कार्यक्रमको आयोजना गरी विद्यालय व्यवस्थापन समितिले ४० र पूर्व विद्यार्थी समाजले १० संकल्प सार्वजनिक गरेका छन् ।

स्थापनाको ५० बर्ष पुगेको अवसरमा आगामी माघमा स्वर्ण जयन्ती मनाउने तयारी गरिरहेको विद्यालयले पूर्वविद्यार्थी समाजको समन्वय तथा विद्यालय व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयका संस्थापक पदम बहादुर राईका सुपुत्र तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यसमेत रहेका शिक्षाप्रेमी भूपाल किराँतीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा विद्यार्थी सहायता कोषका लागि १० हजार भन्दा बढी सहयोग गर्ने दातालाई सम्मान समेत गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष एबम् स्वर्ण जयन्ती आयोजक मूल समारोह समितिका संयोजक ओम प्रसाद बास्तोलाले कतिपय संकल्प कार्यान्वयन गरिसकिएको र बाँकी संकल्पहरु क्रमशः कार्यान्वयन गर्दै लगिने बताए। उनले हिमाल दर्शन माध्यमिक विद्यालयबाट हालसम्म झण्डै ४५ सय जनाले एसएलसी उत्तीर्ण गरेको जानकारी गराउंदै स्वर्ण जयन्तीका लागि न्यूनतम एक हजार रुपैयाँको साझेदारी गर्न पूर्ब विद्यार्थीहरुलाई आग्रह गरेका थिए। सो अभियानको शुभारम्भ सोही कार्यक्रममा पूर्व विद्यार्थीहरुले गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नेताद्वय प्रकाशसिंह कार्की, कर्मा शेर्पा, एमाले नेता महेश किराँती, हिमाल दर्शन पूर्ब विद्यार्थी समाजका अध्यक्ष दिनराज बास्तोला लगायतले शुभकामना दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका ४० संकल्प

पूर्व विद्यार्थी समाजको १० संकल्प

१. भित्तेपात्रो प्रकाशन (सम्पन्न)

२. कक्षाकोठा एक धारा स्थापना (सम्पन्न)

३. विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माण

४. शैक्षिक बहस

५. विद्यालय‌बाट सेवा निवत्त शिक्ष‌क-कर्मचारी सम्मान

६. ‘मेरो जन्मदिन, मेरो पुस्त‌कालय अभियान‌’को निरन्तरता

७. एक स्वर्ण लोगो अङ्कित एक कक्षाकोठा, एक भित्तेघडी

८. ‘मैले चाहेको सामुदायिक विद्यालय’ शीर्षक‌मा खुल्ला निबन्ध प्रतियोगिता

९. खुल्ला एकल गायन प्रतियोगिता

१०. विद्यार्थी लक्षित उद्घ‌ोषण तथा भाषणक‌ला तालिम

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ८ : ३० बजे