२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

आगामी डिसेम्बरमा ‘एभरेस्ट टुरिज्म अवार्ड २०२४’ आयोजना हुने


१९ कार्तिक २०८१, सोमबार  

10
Shares

सोलुखुम्बु । कालापत्थरबाट ‘एभरेस्ट टुरिज्म अवार्ड २०२४’को उद्घोष गरिएको छ । अर्वाड आगामी डिसेम्बरमा आयोजना गर्ने तयारी गरिएको छ ।

एएमएस कम्पनीको आयोजनामा आइतबार कालापत्थरको ५ हजार ६ सय ५३ मिटर उचाइमा आयोजित पत्रकार सम्मेलन गरी आगामी डिसेम्बरमा काठमाडौंमा आयोजना हुन लागेको पहिलो संस्करणको ‘एभरेस्ट टुरिज्म अवार्ड २०२४’ बारे जानकारी दिइएको अध्यक्ष सत्यकला तामाङ लामाले बताइन् ।

‘दिगो पर्यटनका लागि हिमाल बचाऔं’ भन्ने सन्देश समेत गरिएको पत्रकार सम्मेलनमा जलवायु परिवर्तनबाट हिमाली क्षेत्र सबैभन्दा बढी प्रभावित भएको सोलुखुम्बु लुक्लाका पर्यटन व्यवसायी तथा समाजसेवी नाम्गेल शेर्पाले बताए ।

आरोही मिङ्मातेन्जी शेर्पाले आफू १७ वर्षदेखि हिमालमा काम गरिरहेको र जलवायु परिवर्तनका कारण ठूलो असर देखिएको अनुभव सुनाए ।

आयोजक एएमएसका अध्यक्ष लामाले पर्यटन क्षेत्रमा सक्रिय र जलवायु परिवर्तनका सम्बन्धमा सक्रिय व्यक्तित्व र संस्थालाई सम्मान तथा अवार्ड प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइन् । कार्यक्रममा ४० देखि ५० विधामा अवार्ड प्रदान गरिने छ ।

कम्पनीका प्रबन्ध निर्देशक फुर्बाग्याल्बो मोक्तानले जलवायु परिवर्तनले सबैभन्दा बढी हिमाली क्षेत्र प्रभावित भएको बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  १० : १५ बजे