२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

१४ जापानी सहरमा ‘ह्रस्व दीर्घ’ प्रदर्शन हुने


१९ कार्तिक २०८१, सोमबार  

20
Shares

काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’ जापानको १४ सहरमा फिल्म प्रदर्शन हुने भएको छ । चिबास्थित सिभिक हलमा फिल्मको पहिलो प्रदर्शन हुनेछ । अन्य १३ सहरको प्रदर्शन मिति तय हुन बाँकी छ ।

नेपाल रिलिजको तीन सातापछि जापानी डायस्पोरामा प्रदर्शन हुने भएको हो । वितरण कम्पनी बीटीकेएस इन्टरटेनमेन्टले चन्द्र पन्त निर्देशित फिल्म मंसिर २२ (७ डिसेम्बर)देखि जापानमा रिलिज हुने जनाएको छ।

चिबापछि टोक्यो, कानागावा, फुनाबासी, नारिता, अबिको, नागोया, फाकुओका, ओसाका, कोबे, क्योटो, निगाता, सिजुओका र ओकिनावामा फिल्म प्रदर्शन हुने जनाइएको छ ।

नेपालमा भने कात्तिक ३० कात्तिकमा प्रदर्शन तय छ । यो मल्टिस्टारर फिल्ममा नेपाल र भारतीय फिल्मका हस्ती छन् । एकातिर प्रदीप रावत, ब्रम्हनन्दम, अलिजस्ता भारतीय सिद्धहस्त कलाकार र अर्कोतिर रेखा थापा, विपना थापा, सरोज खनाल, प्रशान्त ताम्राकारजस्ता नेपाली कलाकार छन् ।

शीर्ष भूमिकामा नीता ढुंगाना र हरिहर अधिकारी छन् । नीता फिल्म्सको प्रस्तुति रहेको यो फिल्मको निर्माण ढुंगानाले गरेकी हुन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ६ : ४१ बजे